वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

पाेखरा | माघ १२, २०८०

वैदेशिक रोजगार मञ्च लाहाचोकद्वारा सहयोग

पोखरा:    वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ । 


मञ्चका सभापति राजु क्षेत्री (अपुरो)को संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन । 


मञ्चका कोषाध्यक्ष लबि क्षेत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ । 


मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्विटर टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्ने बताइन् ।


उक्त कार्यक्रमका लागि चन्द्रमोहन (अर्बिन) पौडेल, क्यामबहादुर घताने, पूर्णबहादुर शाही नर्वे, बिष्णुहरि अधिकारीले आर्थिक सहयोग गरेका थिए ।


यसैगरी महेन्द्र मा.वि. लाहाचोकका विद्यार्थीलाई आर्थिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । उक्त विद्यालयमा एसइइ तयारीमा रहेका ५ जना विद्यार्थीलाई होस्टल खर्च अभावको विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारीबाट जानकारी प्राप्त भएपछि उक्त सहयोग गरिएको छ । जसका लागि मञ्चका पदाधिकारी पूर्णबहादुर शाही (नर्वे) र अञ्जु लम्साल (काठमाडौं) बाट १६–१६ हजार, राजेश घले (हङकङ) बाट आठ हजार सहयोग भएको थियो । सोही अवसरमा पूर्णबहादुर शाहीबाट ५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।


सहयोग ग्रहणपछि विद्यालयका प्रधानाध्यापक अधिकारीले मञ्चको सहयोगप्रति आभारसहित धन्यवाद ज्ञापन गरे ।


कार्यक्रमका व्यवस्थापक सुशील श्रेष्ठले मञ्चका सचिव पुष्पराज अधिकारीको संयोजकत्वमा मञ्चले दुर्घटनामा परेका घाचोक निवासी क्षितिज नेपालीका लागि रु ३२ हजार ५ सय ५५ सहयोग हस्तान्तरण गरेको जानकारीसमेत गराएका थिए । 


प्रदीप क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चका पदाधिकारी भुपेन्द्र सुनार, दिलिप रानाभाट, गोमा घले, राजु परियार, रूपा अधिकारी, देवी तिवारीले कार्यक्रम व्यवस्थापनमा सहजीकरण गरेका थिए । 
 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्